झापा । लागूऔषध ब्राउनसुगरसहित झापाको गौरीगंजबाट दुईजना पक्राउ परेका छन् ।
हिजो दिउँसो २ बजे गौरीगंज गाउँपालिका-२ बाहुन टोलमा पिण्डलघुटुबाट तुलाचन चौकतर्फ आउँदै गरेको मे ३ प ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडी सवार दमक नगरपालिका-८ प्रगति टोल बस्ने चन्दन रायको साथबाट प्लाष्टिकबाहेक १५ ग्राम, ५१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
रायसंगै मोटरसाइकल चालक मोरङ रतुवामाई ३ महादेवा बस्ने बिमल कामत समेतलाई नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ ।



















