बिर्तामोड । झापामा १३ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरेर गर्भवती बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका(५ कटकपुर बस्ने १८ वर्षीय राघब धमला रहेका छन् । उनले चैत २५ गते राति अन्दाजी ११ बजे आफ्नै घर नजिकको बाँसघारीमा लगेर डर त्रास देखाई नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । पीडित नाबालिका गर्भवती छन् ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएपछि धमलालाई हिजो साँझ घरबाटै पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।