बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले जुवा तास खेलिरहेको अवस्थामा बिर्तामोडबाट ११ जनालाई पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका- ८ किसनभिट्टाका ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवा जन्य तास खेली रहेको छ भन्ने गोप्य सुचनाको आधार जिप्रका झापाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले नगद २ लाख १५ हजार ५५०, ९ थान मोबाईल र एक बुक तास सहित नियन्त्रणमा लिएको जनाएको छ ।



















