बिर्तामोड । झापा प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएका जुवाडेको नाम सार्वजनिक गरेको छ । 

जुवाडे पक्राउपछि नाम सार्वजनिक नगरी बिवरण उपलब्ध गराएको प्रहरीले दोस्रो चरणमा नामाावली उपलब्ध गराएको हो । प्रहरीले गएराति बिर्तामोड-८ का ओमनाथ उप्रेतीको घरबाट घरधनीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो । 

उनीहरूको साथबाट २ लाख १५ हजार रुपैया नगद, तीनबुङ तास र ९ वटा मोवाईल बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा घरधनी उप्रेतीसहित बिर्तामोड नगरपालिका-८ काली प्रसाद राजवंशी, भानु दाहाल, राजन भट्टराई, दिलिप प्रसाद राजवंशी, निरज रोक्का रहेका छन् । 

यसैगरी बिर्तामोड-८ का मनिष पौडेल, कुबेर मैनाली, मनोज पौडेल, स्वस्तिक ओली र प्रितम उप्रेती पक्राउ परेको प्रहरीले जनाएको छ ।