बिर्तामोड । झापाको बुद्वशान्ति गाउँपालिका-२ मा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको छ ।

बुद्वशान्ति-२ प्रगतिटोलका प्रेम कार्कीको गाईगोठमा आज बिहान आगलागी भएको हो । आगलागीबाट गाई गोठ, गोठमा राखेको पराल, काठ र मकै ३० मन जलेको छ भने एउटा गाई जलेर घाइते भएको छ ।

उक्त आगो बिहान ५:३० बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट ४ लाख रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।