बिर्तामोड । झापाको बुद्वशान्ति गाउपालिका-७ मा गएराति नवजात शिशु फेला परेको छ ।

हिजो राति बुद्धशान्ति-७ सुनमाई स्थित सिमा आचार्यको घरको वरन्डामा नवजात शिशु फेला परेको हो । अन्दाजी. ४/५ दिनको जस्तो देखिने शिशु (छोरी) सोही घरमा भाडा लिएर बसेका ओम प्रकाश तुमिहाङ लिम्बुले फेला पारेका थिए ।

शिशु फेला परेपछि उनीसहित घरधनी आचार्यले ईलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएपछि शिशुलाई उद्धार गरिएको थियो ।

स्थानीय, भद्रभलादमी तथा जनप्रतिनिधिको समन्वयमा शिशुलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । शिशुको अबस्था समान्य रहेको तथा घटनाबारेमा थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको जनाइएको छ ।