बिर्तामोड । झापाको मेचीनगरमा आज बिहान जंगली हात्तीको आक्रमणमा परेर एकजना बृद्वा घाइते भएकी छन्।
आज बिहान अन्दाजी ५ बजे मेचीनगर-६ फाईरिङ चोक बस्ने बर्ष ७४ की उसिला राई हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।
आफनै घर अगाडि फुल टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
अहिले लाइफलाइन अस्पताल दमकमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















