झापा । झापाको मेचीनगर नगरपालिका-१० को नागरडुब्बा खोला किनारामा एकजना बेवारिसे मानिस फेला परेका छन् ।
आज बिहान साढे ७ बजे नाम, थर तथा ठेगाना नखुलेको अन्दानी ३५/३६ बर्षको पुरुष फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले उनको उद्दार गरेर उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । उनको गम्भीर अबस्थामा उपचार भईरहेको तथा आफन्तको खोजि कार्य भई रहेको प्रहरीले जनाएको छ ।



















