बिर्तामोड । झापामा आज बिहान भएको यात्रुुवाहक बस दुर्घटनामा १९ जना घाइते भएका छन् ।

आज बिहान ४ बजे रामेछापको मन्थलीबाट काँकरभिट्टा तर्फ जादै गरेको प्र.१-०१-००१ क ४२०९ नं.को रात्री बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो ।

बिहान ४ बजेको समयमा शिवसताक्षी-१० माईधार चौकमा २५ जना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक झापाको मेचीनगर-६ बस्ने राजु भुजेल, रामेछापको मन्थली-१० बस्ने अम्बर बहादुर बुढाथोकी, झापा गाउपालिका-३ बस्ने इक्षा लिम्बु, रामेछापको मन्थली-९ बस्ने भिम प्रसाद पुरी, कचनकवल-४ बस्ने रबिलाल गणेस, रामेछापको ठाडादेवि-३ बस्ने मिटु खत्री, कचनकवल-४ बस्ने परिना गणेस, बिर्तामोड-१० बस्ने सुमित्रा खड्का कार्की उनका छोरा एलोन कार्की र दोलखाको बैनेश्वर-३ बस्ने प्रदिप बहादुर बस्नेत घाइते भएका छन् ।

यसैगरी रामेछापको देउराली बस्ने रामु श्रेष्ठका छोरा अनु श्रेष्ठ, दोलखाको तामाकोशी-३ बस्ने कुमार बस्याल, कचनकवल-६ बस्ने भिमा राजवंशी, बिर्तामोड-५ बस्ने रामकुमार श्रेष्ठ उनका छोरा रिदम श्रेष्ठ, बिर्तामोड-५ बस्ने पुर्ण बहादुर नेपाली, सितल नेपाली, बाह्रदसी-५ बस्ने अबिसेक राजबंसी र झापा गाउपालिका-२ बस्ने श्यमलाल किस्कु घाइते भएका छन् ।

घाइतेहरुको बिर्तामोडमा उपचार भईरहेको छ । दुर्घटनामा परेको बस निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।