झापा । झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख पदमा प्रहरी निरीक्षक सन्तोष  राईले कार्यभार सम्हालेका छन्।

Messenger_creation_4421A423-0368-42BB-BCA4-2BE3D1CEC562

राई विगत लामो समयदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निरीक्षकका रूपमा कार्यरत थिए। हाल उनी जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख नियुक्त भएपछि औपचारिक रूपमा कार्यभार सम्हाल्दै ट्राफिक प्रहरी टोलीसँग ब्रीफिङ बैठक सम्पन्न गरेका छन्।

बैठकमा उनले झापामा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने, र जनमैत्री सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख राईले भने, “ट्राफिक प्रणालीलाई अनुशासित, सुरक्षित र सेवामुखी बनाउँदै नागरिकसँग सहकार्यमा अघि बढ्नेछौं।”