बिर्तामोड । खुम्बु क्षेत्रमा फसेका पर्यटकलाई उद्दार गर्न गएको हेलिकप्टर दुर्घटनामा परेको छ ।
बिहान ८ बजे साेलुखुम्बु जिल्लाको खुम्बु पासाङहाल्मु गाउपालिका-४ स्थित सगरमाथा आधार शिविर नजिकै हेलिकप्टर दुर्घटनामा परेको हो ।
लुबुचेमा भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्डिट्युड एयरको 9N-AMS कल साईनको हेलिकप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा परेको थियो ।
पर्यटकहरुलाई उद्दार गर्न गएको हेलि ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछी, हेलिकप्टरलाई ब्यबस्थित गर्न खोज्दा-खोज्दै जमिनमा जोतिएकाे जनाइएको छ । घटनामा कुनैपनी मानवीय क्षती नभएको क्याप्टेन पुर्णरुपमा सकुशल रहेको बुझिएको छ ।



















