झापा । झापाको गौरादहस्थित एक होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् । गएराति गौरादह-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १० जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले एक लाख ४५ हजार ९ सय ६० रुपैयाँ नगद,  बिभिन्न कम्पनिका मोवाईल सेट १० थान, सिल प्याक तास ६ बुक, खोलेको तास ३ बुक सहित फेला पारी बरामद गरेको जनाएकाे छ । 

पक्राउ पर्नेहरुमा रास्वपा गौरादह नगर सभापतिसमेत रहेका गौरादह-३ का जगत अधिकारी, ४ नम्बर वडा सभापति युबराज खड्का, भरत कार्की, हृदयराज सुवेदी, टंक बराल, राम फुँयाल, केदारकुमार मगर, नवराज भण्डारी, रोशन खत्री र दिलबहादुर मगर रहेका छन् ।

यसअघि प्रहरीले नेपाली बिर्तामाेडबाट ९ जना जुवाडे पक्राउ गरेकाे थियाे । उनीहरुमाथि ५ दिनकाे म्याद थपेर अनुसंधान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।