बिर्तामोड । बिर्तामोडबाट पक्राउ परेका ९ जना जुवाडे धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा जनही १० हजारका दरले धरौटी तिरेर हिजो उनीहरु छुटेका हुन ।
प्रहरीले अनुसन्धानका लागि पाँच दिनको म्याद लिएकोमा उनीहरु चार दिनमा रिहा भएका हुन् ।
शुक्रवार बिहानको राति १ः४५ बजे बिर्तामोड –४ पश्चिम स्टेन्ड छेउमा डेरा लिई बस्ने बाह्रदशी ४ का २९ वर्षीय राजकुमार साहको कोठामा तास खेल्दै गरेका ९ जना जुवाडेहरु पक्राउ परेका थिए ।
















