बिर्तामोड । झापाको कनकाईमा सुतेकै स्थानमा एक यवक मृत फेला परेका छन् ।  मानिस मृत अवस्थामा फेला

कनकाई नगरपालिका-१ दुर्गापुर बस्ने हरि भट्टराईको घरमा डेरा भाडा गरेर बस्ने सोही स्थानका निशान कार्कीको सुतेकै कोठामा मृत्यु भएको हो ।

कोठामा ढोका लगाएर सुतेकोमा गएराति १२ बजे प्रहरीको उपस्थितिमा कोठा चेकजाँच गर्दा भुईंमा घोप्टो परेर मृत अवस्थामा कार्कीको शव फेला परेको थियो ।

शवलाई कानुनी प्रक्रिया पूरा गरेर अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।