झापा । बिराटनगरको बाल सुधार गृहमा रहेका ६ जना थुनुवा बालकहरु फरार भएका छन् ।
विराटनगर महानगरपालिका-३ स्थित रहेको बाल सुधार गृह बाट थुनुवामा रहेका बालबालिकाहरू एकआपसमा झैझगडा गर्दा ड्युटीमा रहेको प्रहरीलाई समेत लछारेर गेटबाट सातजना थुनामा रहेका बालकहरू भागेको बताइएको छ ।
फरार रहेका बालकहरुमा सन्तोष शेर्पा मोरङ बिराटनगर-२, साहिल पोर्तेल उर्लाबारी-१, सरोज बस्नेत उर्लाबारी-६, कुलबहादुर लिम्बु धरान-६,प्रतिक विश्वकर्मा उर्लाबारी-६ र गुरुदेव शाह इटहरी-९ रहेका छन् ।
फरार भएका मध्ये निकेश मौली मण्डल दुहबी-४ लाई पुन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । भदौमा भएको जेेनजी आन्दोलनमा फरार भएका २० जना बालक अझै सम्पर्क बिहीन रहेको प्रहरीले जनाएको छ ।



















