बिर्तामोड । जेनजी आन्दोलनको समयमा झापामा तोडफोडमा सक्रिय एक दम्पति पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नपा-५ त्रिवेणी चोक स्थितबाट ईलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा-६ बस्ने बर्ष २२ को पदम राई र उनकी श्रीमती बर्ष २४ की पुजा मगर रहेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इप्रका अनारमनीको कार्यालय तोडफोड तथा आगजनीमा सम्लग्न २ जनालाई नियन्त्रणमा लिएर इप्रका अनारमनीमा ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।