बिर्तामोड । जेनजी आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरेर प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गर्ने एकजना पक्राउ परेका छन् ।

खड्कालाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा बिर्तामोड-५ बस्ने नवराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका राईलाई भक्तपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुर एरियाबाट पक्राउ गर्न सफल भएको छ ।

राइलाई अनारमनी झापामा ल्याई ज्यान मार्ने उधोग कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको छ।