झापा । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो। सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलम अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको शवलाई आज बिहान रौतहट लगिएको छ। अन्तिम दाहसंस्कारका लागि शव गृहजिल्ला रौतहटको राजपुरतर्फ लगिसकिएको पारिवारिक स्रोतले जनाएको छ।

















