बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले जेनजी आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण गर्ने थप ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिर्तामोडबाट दुई र दमकबाट एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
भदौ २४ गते भएको आन्दोलनमा ईप्रका अनारमनीमा कार्यरत प्रहरी हवल्दार मिन बहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोडमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने बर्ष २० को राजन चौधरी र बर्ष १६ को आयुष धिमाल रहेका छन् । उनीहरूलाई ईप्रका अनारमनीमा राखेर अनुसन्धान भइरहेको छ ।
यसैगरी आन्दोलनका समयमा प्रहरी पोशाक दुरुपयोग गर्ने एकजना पक्राउ परेका छन् । दमक-६ मा रहेको लाटे क्याफेबाट दमक-१ बस्ने बर्ष अन्दाजी २० को साजन लाबुहाङ लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
















