बिर्तामोड । जेेनजी आन्दोलनमा तोडफोडमा संलग्न दुईजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।

बिर्तामोड-३ स्पाईन एक्स अस्पतालबाट इप्रका अनारमनीबाट सादा पोसाकमा खटिएको टोलीले भदौ उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगर-१ बस्ने बर्ष २२ को साहिल अन्सरी र. कोशी-५ बस्ने बर्ष २४ को प्रवेश मिया रहेका छन् ।

उनीहरूलाई सरकारी र निजी संरचना तोडफोड गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

लागूऔषध मुद्दामा पक्राउ परेका बिर्तामोड-६ सुन्दरटोल बस्ने अनुमेश गिरी पुन पक्राउ परेका छन् । आन्दोलनको समयमा ईप्रका बिर्तामोडको हिरासतबाट फरार उनलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले आन्दोलनको क्रममा तोडफोड गर्ने १२ जनालाई झापाबाट पक्राउ गरेको थियो ।