बिर्तामोड । जेनजी आन्दोलनमा ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका दुईजना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

आज बिहान ८ बजेको समयमा बिर्तामोड नगरपालिका-८ देउनियाबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीको टोलीले उनीहरुलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा गरामनी-८ का बर्ष ३३ का सरोज पौडेल र बर्ष २५ का पंकजराज मैनाली रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।