बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको फैैसला कार्यान्वयन टोलीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अवैध वन पैदावर कारोबार, किर्ते जालसाँझ र लागूऔषध मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अर्जुनधारा-६ बस्ने काईला भनिने सुनिल राईलाई पक्राउ गरेको छ । २०७१ चैतमा १ महिना कैद र २०० रुपैयाँ जरिवाना तिराउने फैसला भएका राईलाई हिजो पक्राउ गरेको जनाएको छ ।

यसैगरी दमक नगरपालिका-२ बस्ने आकाश थुलुङ भन्ने धन कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । किर्ते जालसाँझ मुद्दामा एक बर्ष कैद र १० हजार जरिवाना असुल गर्न जिल्ला अदालत झापाको २०८० माघमा फैसला आएको थियो ।

यस्तै कनकाई नगरपालिका-८ बस्ने बिशाल राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०८१ जेठमा भएको फैसलाले राईबाट १० हजार रुपैया जरिवाना असुल गर्न र एक बर्ष कैद सजायको फैसला गरेको थियो । उनी लागूऔषध मुद्दाका फरार प्रतिवादी हुन् ।

पक्राउ परेका तीनजना प्रतिवादीहरु आवश्यक कारवाहीका लागि जिल्ला अदालत झापामा बुझाएको प्रहरीले जनाएको छ ।