बिर्तामोड । झापाको धुलाबारीमा प्रहरीले स्निफिङ गराएर १२ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ ।
मेचीनगर नगपालिका-१० खयरडाँगीस्थित छोटा पाकिस्तान भन्ने स्थानमा भएको चेकजाँचमा १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा धरानसहितको प्रहरी टोलिले २ वटा कुकुरको सहायताले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर-७ बस्ने १३ बर्षका सुकलाल सतार, बर्ष १४ को आशिष बस्नेत, बर्ष २४ को राजु चौधरी, बर्ष २२ को सुनिल साह, बर्ष २० को अनिल साह, बर्ष ३१ को थारुक आलम, बर्ष २१ को माफिज आलम, बर्ष २४ को बिशाल चौधरी, बर्ष २८ को बिवेक चौधरी, बुद्धशान्ति-३ बस्ने बर्ष २६ को निपुल लिम्बु, बर्ष २६ को आकाश तामाङ र बर्ष २३ को बिवेक राई रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















