बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका-६ सन्तपुर बर्ष ८४ को डिल्लीराम अधिकारीले शरिरमा पेट्रोल खन्याएर आगो लगाई आत्महत्या गरेका छन् ।
गएराति साढे ११ बजे घर बाहिर निस्किएर अधिकारीले आफ्नो शरिरमा आफैले पेट्रोल खन्याई आगो लगाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार उनका छोरा भोगेन्द्र अधिकारीले देखेर इप्रका बुधबारेमा जानकारी गराएका थिए ।
पारिवारिक स्रोतका अनुसार मृतक अधिकारी डिप्रेसनको बिरामी थिए । उनको केही समय अगाडि प्रोस्टेटको अपरेसन गरिएको थियो ।




















