बिर्तामोड । झापाको झापा गाउँपालिकाबाट महिलामाथि बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

झापा गाउँपालिका-६ का राजु कटवाल महिलामाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

बिहीबार बेलुका-६ बजे घाँस काट्न जाँदै गरेकी सोही स्थानकी महिलालाई जबर्जस्ती पसलभित्र लगेर बलात्कार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडितको जाहेरीपछि प्रहरीले कटवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा राखेको जनाएको छ । उनको प्रादेेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

पीडित महिलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।