झापा । लोक्ता बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
इलामको सन्दकपुर गाउँपालिका-२ गोरुवाले भञ्ज्याङस्थित भित्री सडक खण्डमा इलामबाट पाँचथरतर्फ लोक्ताको लोड बोकेर जाँदैगरेको प्रदेश १-०२-००३-त ३४०२ नं.को ट्याक्टर सडकबाट ५० मिटर खसेर दुर्घटना भएको थियो ।
ट्याक्टरमा सवार पाँचथरको फिदिम नगरपालिका-१४ का सोम राईको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार फिदिम नगरपालिका १३ का टंक तामाङ र त्यही स्थानका युद्धकुमार राई घाइते भई जिल्ला अस्पताल पाँचथरमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।



















