बिर्तामोड । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट जेनजी आन्दोलनको समयमा भागेका दुईजना धुनुवा पक्राउ परेका छन् ।

भदौ २४ गते आन्दोलनको समयमा फरार भएका शिवसताक्षी नगरपालिका-४ बस्ने बर्ष-२९ को राजेन्द्र ताजपुरिया र सोही स्थान बस्ने बर्ष-४० को नन्दकिशोर शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध मुद्धामा म्याद थप भई मुद्धा चलिरहेको समयमा हिरासतबाट फरार भएका उनीहरूलाई घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आन्दोलनको समयमा हिरासतबाट फरार सवारी अङगभङग मुद्दाका आरोपी आफै प्रहरी सम्पर्कमा आएका छन् ।

कचन्कवल गाउपालिका-६ घरर भई हाल जिल्ला काठमाण्डौं दक्षिणकाली नगरपालिका-३ फर्पिङ बस्ने बर्ष १८ को अशोक रिमाल आफै प्रहरी सम्पर्कमा आएका हुन् ।