बिर्तामोड । अर्जुनधारा नगरपालिका-६ कदमगाछीमा गुडिरहेको मोटरसाइकलबाट लडेर एक महिला  गम्भीर  घाइते भएकी छन् ।

शनिश्चरेबाट बिर्तामोड तर्फ आउँदै गरेको मे १० प ८८४७ नम्बरको मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा नपा-८ बस्ने बर्ष ५६ की सरस्वति तामाङ श्रेष्ठ गम्भीर घाइते भएकी हुन्।

घाइतेको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, कनकाई नगरपालिका-३ मा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा दुईजना घाइते भएका छन् ।

कन्काई नगरपालिका-३ नया बस्ती स्थित भित्री सडक खण्डमा सुरुङ्गा पुलबाट टप्पु चोक तर्फ आउदै गरेको मे २ प ४२२२ नं. को मोटरसाइकलले बिपरित दिशाबाट जादै गरेको पैदल यात्रीलाई ठक्कर दिएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही स्थानकी रमिला भन्ने भगिरथा प्रधान श्रेष्ठ र  मोटरसाइकल चालक देबेन्द्र बिक्रम श्रेष्ठ घाइते भएका छन् । घाइते मध्ये मोटरसाइकल चाालक श्रेष्ठको अवस्था गम्भीर छ ।