झापा । मानव उद्वार सेवा केन्द्र दमकबाट तीनजना महिलाहरु भागेका छन् । भागेका मध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दमक नगरपालिका-२ मा रहेको मानव उद्वार सेवा केन्द्रबाट ठेगाना नखुलेका तीन महिला फरार भएका हुन् । रातको समयमा केन्द्रबाट महिला हरु फरार भएको प्रहरीले जनाएको छ ।
फरार भएकाहरुमा असार २६ गते उद्वार गरी ल्याईएको अन्दाजी बर्ष ३४ की मिना तामाङ, असार २६ गते उद्वार गरी ल्याईएको अन्दाजी बर्ष ३० की शान्ति मगर र असोज २६ गते झिलझिलेबाट उद्वार गरी ल्याईएकी अन्दाजी २४ की बिनिशा गौतम रहेका छन् ।
फरार मध्ये गौतमलाई दमक-४ को वडा कार्यालय अगाडि बाटोमा हिड्दै गरेको अवस्थामा प्रहरीले पुन नियन्त्रणमा लिएको छ । अरु २ जनाको खोजतलास भइरहेको छ ।




















