बिर्तामोड । बुद्वशान्ति गाउपालिका-४ मा मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु भएको छ ।
कातिक २९ गते रातको समयमा बुद्धशान्ति-४ मंगलबारे स्थित भित्री सडक खण्डमा भन्ज्याङबाट मंगलबारे तर्फ जादै गरेको मे.१० प.११०४ न.को मोटरसाइकल आफै आनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका अभिषेक नेवार घाईते भएका थिए ।
उनको बिर्तामोडमा उपचार हुदै गरेकोमा परिवारका सदस्यले घर लगेका थिए । उनको आज बिहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



















