बिर्तामोड । प्रहरीको फैसला कार्यान्वयन टोलीले पक्राउ गरेका १४ जना प्रतिवादीले जरिवाना तिरेर कारागार मुक्त भएका छन् ।

प्रहरीले बिभिन्न अभियोगमा पक्राउ गरेका प्रतिवादीले हिजो जिल्ला अदालत झापामा जरिवाना तिरेर लगत कट्टा गरेर थुनामुक्त भएका हुन् ।

थुनामुक्त हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका-६ का सवारी ज्यान मुद्दाका हर्कमान यवा छन् । उनलाई ९ महिला कैद र जरिवाना रु ७ हजार रुपैंया तोकिएको थियो । सुनसरीको गढी गाउँपालिका-१ का रमजान मियाँ १ करोड रुपैया बुझाएर रिहा भएका छन् । बैकिङ कसुर मुद्दामा ९ महिना कैद सजाय सुनाइएका उनी जरिवाना र धरौटी बुझाएर रिहा भएका हुन् ।

यसैगरी बैकिङ मुद्दामै सोही स्थानका रवैया खातुनले १ करोड जरिवाना बुझाएकी छन् । चोरी मुद्दामा १५ हजार जरिवाना र १ बर्ष ५ महिना ५ दिन कैद सजाय फैसला भएका पाँचथरको तुम्बेवा-५ का एन्जन कुरुम्बाङ कारागार मुुक्त भएका छन् ।

यस्तै बहुविवाह मुद्दाकी कन्काई-६ की कुमारी हिमालीलाई १ वर्ष कैद र ११ हजार जरिवाना फैसला भएको थियो । उनी जरिवाना तिरेर छुटेकी छन् । वन पैदावर मुद्दामा १ महिना कैद र ४६ हजार जरिवाना तोकिएका बिर्तामोड-७ का दिपक मेन्याङवो जरिवाना तिरेर छुटेका छन् ।

लागूऔषध मुद्दाका झापा-६ बस्ने दिपक टुडु र ७ का रिहान आलमलाई ६ महिना कैद र जनहि ५ हजार रुपैया जरिवाना फैसला भएको थियो । उनीहरू जरिवाना तिरेर रिहा भएका छन् ।

मेचीनगर नगरपालिका-२ का बैकिङ कसुर मुद्दामा १ दिन कैद र ३ लाख १८ हजार रुपैया जरिवाना फैसला भएका बुद्दिमान तामाङ जरिवाना तिरेर रिहा भएका छन् ।

चोरी मुद्दामा १ बर्ष कैद र १० हजार रुपैया जरिवाना फैसला भएका गौरिगञ्ज-४ का रामु खड्का जरिवाना तिरेर रिहा भएका छन् ।

मेचीनगर-१४ अजय राजवंशी ८ महिना कैद र १० हजार जरिवाना तिरेर रिहा भएका छन् । बुद्दशान्ति-४ का कानुबहादुर शेर्मा १ बर्ष कैद र १२ लाख २१ हजार ४२७ रुपैया जरिवाना तिरेर छुटेका छन् ।

शिवसताक्षी-१ का मनिष चौधरी र सिन्धुलीको कमलामाई-७ का सबुत हायु जनही १२ लाख २१ हजार ४२७ रुपैया जरिवाना तिरेर छुटेका छन् ।