झापा । जेनजी आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज राती १ बजेको समयमा भदौ २४ गतेको आन्दोलनमा ईप्रका दमक झापाको कार्यालय तोडफोड, आगजनी र प्रहरी कर्मचारी माथि दुर्व्यहारमा संलग्न भएको फोटो भिडियोको आधारमा दमक-९ बाट सुन्दर गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रदेेश प्रहरी कार्यालयले जनाएको छ ।