बिर्तामोड ।  झापाको बिर्तामोड नगरपालिका-२ चारपानेमा घरको सिंढीबाट लडेर एक महिला घाइते भएकी छन् ।

बिर्तामोड-२ चारपाने बस्ने बर्ष ४२ की गायत्रा कुमारी गिरी थापा आफ्नै घरको २ तला माथीबाट चिप्लिएर लडेकी थिईन् ।

ट्याङकीमा पानी हेर्नको लागी भर्याङ चढ्ने क्रममा एक्कासी चिप्लिएर २ तला मुनी भुइमा बजारिएकी उनको उपचार भइरहेको छ ।

टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको अवस्थामा उनको उपचार भईरहेको जनाइएको छ ।