बिर्तामोड । झापा कारागारमा आज बिहान एकजना कैदीको मृत्यु भएको छ ।
आज बिहान ८ बजे जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नमगरिकको मृत्यु भएको हो ।
भारतको पश्चिम बंगाल राज्य दार्जिलिङ बस्ने कर्णबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । जबरजस्ती करणीको अभियोगमा २०७५ साउनबाट कैद भुक्तान गरी रहेका वर्ष ६१ का राईलाई अचानक प्रेसरको बिरामी भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लागिएको थियो ।
भद्रपुरमा उपचार भईरहेकोमा अहिले ८:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि जिप्रका झापाबाट प्रहरी अधिकृत सहितको टोलि खटिएको छ ।



















