अर्जुनधारा ।  झापाको अर्जुनधारामा अर्जुनधारा महिला खुल्ला भलिबल प्रतियोगिता हुुने भएको छ ।

मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चनलन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट ६ वटा टिमको सहभागिता रहने आयोजक नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

लक्ष्मी माध्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशको एउटा टिम, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, न्यु डायमण्ड र एभरेस्ट भलिवल क्लबको सहभागिता रहने छ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा बेष्ट अफ फाइबको सेटमा खेलाइने छ ।

प्रतियोगिताको बिजेताले नगद २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने दुई टिमले नगद ३० हजारका दरले पुरस्कार पाउने छन् । यसैगरी बेस्ट प्लेयर १५ हजार, ५ विधागतमा जनहि १० हजार तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ५ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न २७ लाख ६५ हजार रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ ।