बिर्तामोड । लागूऔषध मुद्दामा पक्राउ परेर ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट भदौ-२४ गते फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई-२ बस्ने बर्ष ३३ को रमेश मुखिया सुनुवार र ३ बस्ने बर्ष ४२ को चन्द्र पौडेल रहेका छन् ।
जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट फरार रहेका उनीहरुलाई घरबाटै नियन्त्रणमा लिएर पुन हिरासतमा राखिएको छ ।




















