झापा । जेनजी आन्दोलनमा लुटिएका ११ थान ग‍ोली फेला परेको छ ।

दमक-७ स्थित मानव सेवा आश्रम नजिकैको भित्री सड्क खण्ड छेउमा बेवारिसे अबस्थामा विभिन्न हतियारका गोली फेला परेको हो ।

एसएलआर राईफलको ५ थान, इन्सास राईफलको गोली-३ थान, तीन सय तीन राईफलको गोली-३ थान समेत जम्मा ११ थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।