बिर्तामोड । जेनजी आन्दोलनका क्रममा ईलाका प्रहरी कार्यालय अनारमनी तोडफोड गर्ने बिर्तामोडका बादल राजवंशी पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड-३ का राजवंशीलाई नियन्त्रणमा लिएको हो ।

भदौ २४ गते भएको आन्दोलनमा प्रहरी कार्यालय परिसरमा राखिएका सवारी साधन तोडफोड गरेको अभियोग उनीमाथि लागेको छ । 

यस्तै झापाो कनकाई-३ पिङडाडाबाट सोही स्थानका नवीन दाहाल पक्राउ परेका छन् । उनले प्रहरीको भ्यान तोडफोड गरेको आरोप लागेको छ ।