बिर्तामोड । बिर्तामोडमा डेढ बर्षकि बालिका फेला परेकी छन् ।
हिजो राती साढे ९ बजेको समयमा झापाको बिर्तामोड-४ पुरानो बिजुली अफिस छेउमा एक बालिका बेवारिसे अवस्थामा फेला परेकी हुन् ।
नाम, थर र ठेगाना नखुलेकी बालिकाफाई बिर्तामोड-६ मा रहेको नमस्ते बाल गृहमा पठाइएको प्रहरी जनाएको छ ।




















