झापा । ताप्लेजुङकाे पाथिभरा याङवरक-२ थेचम्बुका उर्मिला खरेल हाङमेन्याङवाेलाई आज दिउँसाे भालुले आक्रमण गरेकाे छ ।
आफ्नै घर आगनमा काम गरी रहेको अवस्थामा अचानक जंगली भालुले आक्रमण गरी हाङमेन्याङवाेलाई घाईते बनाएको प्रहरीले जनाएकाे छ ।
घाईतेको टाउको, दाहिने खुट्टा, दाहिने हात र अनुहारमा कोतरेको छ । घाईतेलाई उपचार गर्नको लागि स्थानिय स्वास्थ्य चौकी थेचम्बुबाट डाक्टरको टोली आई उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।




















