बिर्तामोड । झापाको कनकाईस्थित बिरिङ खोलामा अनधिकृत रुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बिहान ५ बजेको सयुमयमा कनकाई-८को बिरिङ खोलामा बिहानको ६ बजेभन्दा अगाडि बालुवा उत्खनन गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले र मे १ त ५६४६ मे १ त ६३६४ न. को ट्रयाक्टरले बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । प्रहरीले ट्याक्टर चालक अर्जुनधारा-५ बस्ने प्रदीप यादव र ४ बस्ने तेज बहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच मे १ त ५६४६ नम्बरको ट्याक्टरका चालकले नियमानुसार जरिवाना तिरेपछि उनलाई छाडिएको जनाइएको छ ।  

बृेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म नदीजन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध छ ।