बिर्तामोड । झापाको बाह्रदशीमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
बाह्रदशी गाउँपालिका –२ खाडी बस्तीमा गाँजा खेती गरिरहेको भेटिएपछि प्रहरीले नष्ट गरेको हो ।
हिजो दिउँसो खाडी बस्तीमा गाँजा खेती गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढले गाँजाका २१२ बोट फडानी गरी नष्ट गरेको छ ।




















