बिर्तामोड । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड-३ बस्ने २४ वर्षीय संजय मुसहर रहेका छन् । उनलाई हिजो साँझ बिर्ताबजारबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।