बिर्तामाेड । झापाकाे बिर्तामाेडस्थित सिटी सेन्टरमा आज बिहान आगलागी भएकाे छ । सिटी सेन्टरकाे अनुकुल ईलोक्ट्रोनिक्स पसलमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।
अर्जुनधारा ६ बस्ने सुनिल क्षेत्रीले संचालन गरेको साे पसलमा सिसि क्यामेराको तार सर्ट भई आगलागी भएकाे प्रहरीले जनाएकाे छ । स्थानीय र प्रहरीकाे सक्रियतामा आधा घण्टापछि आगलागी नियन्त्रणमा आएकाे थियाे ।




















