झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारका थप गोली फेला परेको छ ।

हिजो दिउँसो  दमक नगरपालिका-७ पशुहाटस्थित ७ न वडा कार्यालयभन्दा पछाडीपट्टी ढलको पाइपको चेपमा सेतो प्लाष्टिकभित्र पोका पारेर शंकास्पद अवस्थामा लुकाई छिपाई राखिएको ५८ राउण्ड गोली फेला परेको हो ।

प्रहरीले  पोका खोली हेर्दा ३०३ मार्क राइफलको राउण्ड थान ८, इन्सासको जंगी राउण्ड ५० र बिन्दुली भेटिएको हो । ती गोली बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।