बिर्तामोड । मोटर चोरी गरी साइकलमा भारततर्फ लाँदै गर्दा झापा गाउँपालिकामा एकजना पक्राउ परेका छन् ।

झापा गाउँपालिका-४ चौधरी बस्तीमा आज बिहान सशस्त्र प्रहरी बल टाँघनडुब्बाको टोलीले कन्काई नगरपालिका-४ का अशोक मगरलाई पक्राउ गरेको हो ।

नेपालबाट मोटर चोरी गरी भारततर्फ साइकलमा लैजाँदै गरेको अबस्थामा मगर पक्राउ परेका थिए । शंका लागेर चेकजाँच गर्दा उनले मोटर चोरी गरेको पुष्टि भएको थियो । मोटरसहित नियन्त्रणमा लिई उनलाई आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाइएको छ ।