झापा । झापाको दमकबाट प्रहरीले एकैपटक आठजना लागूऔषध प्रयोगकर्ता पक्राउ गरेको छ ।

प्रहरीले हिजो साढे ८ बजे रतुवा खोलाको बाँधमा गरेको स्विप अपरेसनमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दमक-६ बस्ने पप्पु रनपहेली, टिका प्रसाद भट्ट, मोरङको बिराटनगर-१८ बस्ने रोशनी दास, रेनु देवी दास, बर्षा दास, गौरादह-३ बस्ने सरिता राजबंशी, दमक-५ रित बहादुर नेपाली र बिष्णु कुमाल रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।