बिर्तामोड ।  झापामा तीनवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

मंसिर २२ गते अपराह्न ५:४० बजेको समयमा कन्काई नगरपालिका-८ खाडी बस्तीमा तीनवटा सवारी साधन दुर्घटनामा परेको थियो ।

राजगढबाट लक्ष्मिपुर तर्फ आउँदै गरेको मे ९ प ४६९१ नं. को मोटरसाइकल त्यस्तैगरि  लक्ष्मिपुरबाट राजगढ तर्फ जाँदै गरेको  प्र.१-०१-०१२प ८५६५ न. को मोटरसाइकल र  राजगढबाट लक्ष्मिपुर तर्फ जाँदै गरेको प्र.१-०१-००१ ह ९७६० न. को अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मे ९ प ४६९१ न. को मोटरसाइकलको पछाडि सवार जिल्ला झापा बाह्रदशी-३ बस्ने बिकास राजबंशी गम्भीर घाईते भइ उपचारको लागि  बिर्तासिटि अस्पताल बिर्तामोडमा  पठाइएको थियो । उपचारको क्रममा उनको हिजो दिउसो मृत्युु भएको हो । तीनवटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।