बिर्तामोड ।  भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका एकजना पक्राउ परेका छन् ।

अपहरण तथा शरिर बन्धक मुद्दाका प्रतिवादी अर्जुनधारा-११ का दिवश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उनलाई इप्रका अनारमनीमा राखेर अनुसन्धान तथा कारवाहि सुरु गरिएको प्रहरीले जनाएको छ ।