झापा । झापाको कमल गाउँपालिका-१ मा रहेको सुधार केन्द्रमा राखिएका ७ जना प्यक्ति फरार भएका छन् ।
हिजो साँझ कमल-१ को शान्त जीवन प्रतिष्ठानको पर्खाल नाघेर उनीहरू फरार भएको प्रहरीले जनाएको छ ।
फरार हुनेहरुमा दमक-१ बस्ने बर्ष २१ को नविन क्षेत्री, ८ बस्ने बर्ष १७ को जेम्स धिमाल, कमल-४ बस्ने बर्ष २६ को किरण राई, ५ बस्ने बर्ष ३१ को अर्जुन लिम्बु, बर्ष २३ को मनिष मगर, गौरादह-१ बस्ने बर्ष २३ को सन्दिप जैरु र कमल-३ बस्ने बर्ष २० को एक्सन लिम्बु रहेका छन् ।
प्रहरीले उनीहरूको खोजतलास भइरहेको जनाएको छ ।




















